Logo

खेलकुद

नेपालले केन्यासँग खेल्ने सिरिजको खेल तालिका सार्वजनिक



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले केन्यासँग खेल्ने टी–२० अन्तर्राष्ट्रिय तथा एकदविसीय सिरिजको खेल तालिका सार्वजनिक भएको छ ।  नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार सिरिजको तालिका सार्वजनिक गरेको हो । 

सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय तथा तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ । टी–२० अन्तर्राष्ट्रिय सिरिज अगस्ट २५ देखि ३० सम्म हुनेछ । 

नेपाललले केन्यासँग २५, २६, २८, २९ र ३० अगस्टमा टी–२० अन्तर्राष्ट्रिय खेल खेल्नेछ । त्यस्तै, एकदिवसीय सिरिज सेप्टेम्बर २ देखि ५ सम्म हुनेछ । नेपालले २, ३ र ५ सेप्टेम्बरमा एकदिवसीय खेल खेल्नेछ ।

प्रकाशित मिति : श्रावण २४, २०७९ मंगलबार  ६ : ३२ बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।