Logo

बैंकिङ

राष्ट्र बैंकले १८ अर्ब बढीको ट्रेजरी बिल जारी गर्दै 



नेपाल राष्ट्र बैंकले नयाँ ३ अर्ब रुपैयाँसहित कुल १८ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री खुला गरेको छ। राष्ट्र बैंकले १५ अर्ब २५ करोड रुपैयाँ बराबरको पुरानै ट्रेजरी बिल नवीकरण गर्न खोजेको हो । राष्ट्र बैंकले ३ अर्ब रुपैयाँको भने आन्तरिक ऋण उठाउने क्रममा नयाँ बिक्री गर्न लागेको जनाएको छ । नयाँ ट्रेजरी बिल ३६४ दिनक हुने छ। 
राष्ट्र बैंकल् कात्तिक ४ गते ४ अर्बको अर्को ट्रेजरी बिल जारी गर्ने छ।

राष्ट्र बैंकले कुल २ खर्ब २५ अर्बको आन्तरिक ऋण सरकारलाई उठाइ दिँदैछ। यसमध्ये ५७ अर्ब रुपैयाँ कात्तिक मसान्तसम्म उठाइदिने छ।

अहिलेसम्म विकास ऋणपत्रको माध्यमबाट ३० अर्ब रुपैयाँ उठाइदिइसकेको छ। अब सात अर्ब ट्रेजरी बिलबाहेक कात्तिक २० गते राष्ट्र बैंकले २० अर्बको विकास ऋणपत्र जारी गर्ने छ।

trejari bill.JPG

प्रकाशित मिति : आश्विन २५, २०७७ आईतबार  १२ : ४७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।