Logo

आजको तस्बिर

बालाजुमा लागेकाे आगलागी नियन्त्रण, क्षणभरमै खरानी भयो जुत्ता उद्योग (फोटोफिचर)



काठमाडौं ।  काठमाडौँ महानगरपालिका-१६ बालाजु बाइपास नजिकको एक जुत्ता कारखानामा बुधबार बिहानदेखि लागेको आगो नियन्त्रणमा आएकाे छ ।

जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जुत्ता कारखानामा लागेको आगाे दमकलसहित नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीकाे सहयाेगमा नियन्त्रण लिइएकाे बताए ।

घण्टौंको प्रयासपछि आगो नियन्त्रणमा आएको हाे । आगो नियन्त्रणमा आए पनि जुत्ता कारखाना जलेर खरानी भएको छ । कारखानाभित्रका सबै सामान काम नलाग्ने भएका छन् । आगलागीको कारण पनि खुल्न सकेको छैन ।

याे पनि

बालाजुस्थित जुत्ता उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेन

बालाजुस्थित वान वर्ल्ड जुत्ता चप्पल कारखानामा आगलागी

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार १४:२३   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।