काठमाडौं । सांगीतिक क्षेत्रको कम्पनी म्युजिक नेपालले आईपीओ निष्काशन गर्ने भएको छ । एनआईसी एसिया क्यापिटलको आइडिया टु आईपीओ सेवाअन्तर्गत साधारण सेयर निष्काशन गर्न लागेको म्युजिक नेपालले जनाएको छ ।
यसका लागि एनआईसी एसिया क्यापिटलसँग दुईपक्षीय सम्झौता गरेको पनि कम्पनीले जनाएको छ । आईपीओ निष्काशनसँगै म्युजिक नेपाल सर्वसाधारणमा शेयर जारी गर्ने सांगीतिक क्षेत्रको पहिलो कम्पनी बन्नेछ ।
स्रष्टाको संरक्षण गरौँ, राष्ट्रलाई समृद्ध बनाऔँ भन्ने नाराका साथ २०३९ साउन २४ मा कम्पनीको स्थापना भएको थियो ।





















प्रतिक्रिया