Logo

कर्पोरेट फोकस

पाँच वर्षभन्दा पुरानो लाभांश बुझिलिन सेयरधनीलाई मेगा बैंकको आग्रह



काठमाण्डौ । मेगा बैंक नेपालले पाँच वर्षभन्दा पुरानो लाभांश बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ ।

बैंकले आज एक सूचना प्रकाशित गर्दै पाँच वर्षभन्दा पुरानो नगद लाभांश बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको हो ।

मेगा बैंकमा विभिन्न मितिमा साबिक पश्चिमाञ्चल डेभलपमेन्ट बैंक, टुरिजम डेभलपमेन्ट बैंक र गण्डकी विकास बैंक गाभिएका थिए । तिनै बैंकले विभिन्न आर्थिक वर्षमा वार्षिक साधारणसभामार्फत पारित गरेको नगद लाभांश अझै केही सेयरधनीहरुले लिन बाँकी रहेको बैंकले लाभांश बुझिलिन आग्रह गरेको हो ।

त्यस्ता सेयरधनीहरुलाई लाभांश बुझ्न आउँदा आफूसँग रहेको सेयरधनी प्रमाणपत्र र परिचय खुल्ने कागजपत्र वा अन्य दाबीसम्बन्धी कागजात बैंकको कुनै पनि शाखा वा सेयर रजिस्ट्रार मेगा क्यापिटलको काठमाण्डौको त्रिपुरेश्वरस्थित कार्यालयमा सम्पर्क गर्न सूचनामा आग्रह गरिएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार ०८:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।