Logo

मनोरञ्जन

भुवन केसीको नियुक्ति प्रक्रिया बदरको माग गर्दै सर्वोच्चमा रिट, सोमबार पेसी



काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीको नियुक्ति प्रक्रिया बदरको माग गर्दै बिहीबार सर्वोच्चमा रिट निवेदन दायर भएको छ । विकास बोर्डको अध्यक्षका प्रत्यासीहरू नरेश पौडेल, अरुण प्रधानलगायतले नेपाली केसीको नियुक्ति बदरको माग गर्दै बिहीबार दिउँसो ३ बजे सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको हो । रिटमाथि सोमबार पेसी तोकिएको छ ।

केसीको शैक्षिक योग्यतादेखि उमेरसम्म विवादास्पद देखिएको, उनीविरुद्ध यौन दुर्व्य वहारको मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा सरकारले विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको भन्दै नियुक्ति प्रक्रिया बदर गर्न रिट निवेदनमा माग गरिएको छ ।सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले केसीविरुद्ध रिट निवेदन दायर भएको जानकारी दिए । ‘उहाँ (भुवन केसी) विरुद्ध रिट निवेदन दायर भएको छ’, पौडेलले भने ।

केसीको शैक्षिक योग्यता प्रमाणपत्र तह उत्तीर्ण मात्र छ । तर, विकास बोर्ड अध्यक्षका लागि स्नातक तह उत्तीर्ण हुनुपर्छ । केसीविरुद्ध अभिनेत्री साम्राज्ञीराज्यलक्ष्मी शाहले काठमाडौं जिल्ला अदालतमा हालेको दुर्व्यवहारसम्बन्धी मुद्दा विचाराधीन अवस्थामा छ । केसीविरुद्ध विकास बोर्डमै दर्जनौं उजुरी परेका छन् ।

प्रकाशित मिति : श्रावण २६, २०७९ बिहीबार  ४ : १२ बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।