काठमाडौं । निर्धारित समयभन्दा एक दिन अघि सारिएको फिफा विश्वकप फुटबलको उद्घाटन खेलमा आयोजक कतार र इक्वेडर आमनेसामने हुँदै छन् । यसअघि नोभेम्बर २१ देखि विश्वकप सुरु हुने तालिका भए पनि अब एक दिन अघि अर्थात नोभेम्बर २० मै विश्वकप सुरु हुनेछ ।
आयोजक देश कतार र विश्व फुटबलको सर्वोच्च निकाय फिफाबीचको छलफलपछि खेल एक दिन अघि सारिएको हो । कतार र इक्वेडरबीचको खेल अघिल्लो दिन सारेपछि अब नोभेम्बर २१ मा तीन खेल मात्र हुनेछ । जसमा समूह ‘ए’ का नेदरल्याण्ड्स र सेनेगल तथा समूह ‘बी’ का इंग्ल्याण्ड र इरान तथा वेल्स र अमेरिकाबीच खेल हुनेछ ।




















प्रतिक्रिया