Logo

खेलकुद

दर्ता भएसँगै बार्सिलोनाका चार खेलाडीले पहिलो खेल खेल्ने



काठमाडौं । बार्सिलोनाले समर ट्रान्सफर विन्डोमा अनुबन्ध गरेका चार खेलाडी दर्ता गरेको छ । यसअघि स्पेनिस ला लिगाको कडा आर्थिक नीतिका कारण खेलाडी दर्ता गर्न असफल रहेको बार्सिलोनाले विभिन्न उपायको प्रयोग गर्दै खेलाडी दर्ता हरेको हो ।

आइतबार स्पेनिस ला लिगाको पहिलो खेलमा बार्सिलोनाले रायो भालेकानोसँग खेल्दैछ । शनिबार राति मात्रै दर्ता हुने खेलाडीमा फ्रान्क किसे, आन्द्रेस क्रिस्टियनसन, रोबर्ट लेवान्डोस्की र राफिन्हा छन् ।

यद्यपि, बार्सिलोनाले यसै सरुवा बजारमा भित्र्याएका डिफेन्डर जुलेस कोन्डे भने अझै दर्ता भएका छैनन् । 

यसअघि बार्सिलोनासँगको सम्झौता नवीकरण गरेका ओसुमाने डेम्बेले र सर्जी रोबर्टो पनि दर्ता हुन सकेका थिएनन् ।यद्यपि, यी खेलाडी पनि शनिबार राति दर्ता भइसकेका छन् ।

प्रकाशित मिति : श्रावण २८, २०७९ शनिबार  २ : ३५ बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।