Logo

खेलकुद

मनिष डाँगी बहराइनी क्लब ‘इतिहाद’मा अनुबन्धित



काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका युवा फरवार्ड मनिष डाँगी बहराइनी क्लब ‘इतिहाद अल रिफ’मा अनुबन्धित भएका छन् । उनी बहराइनको दोस्रो डिभिजन क्लबमा अनुबन्धित भएका हुन् । क्लबले मनिषलाई २०२२–२३ को सिजनका लागि अनुबन्ध गरेको हो ।

इतिहादले सामाजिकसञ्जाल इन्स्टाग्राममार्फत् उनलाई अनुबन्ध गरेको जानकारी दिएको छ । उक्त क्लबले मनिषलाई कति रकममा अनुबन्ध गरेको हो भन्ने खुलाएको छैन ।

दक्षिण कोरियाको फुटबल एकेडेमीमा फुटबल खेलेर नेपाल फर्किएका मनिषले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) विराटनगर सिटी एफसीबाट खेलेका थिए । उनी दोस्रो संस्करणको एनएसएलका लागि पनि विराटनगरमै आवद्ध भएका छन् ।

प्रकाशित मिति : श्रावण २८, २०७९ शनिबार  ७ : १० बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।