Logo

शेयर बजार

किसान लघुवित्तले एफपीओ जारी गर्नको लागि अनुमति माग्दै पुग्यो धितोपत्र बोर्ड



किसान लघुवित्त वित्तीय संस्था थप सार्वजनिक निष्काशन (एफपीओ) जारी गर्नको लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ । लघुवित्तले १२ लाख ९८ हजार २५९ कित्ता एफपिओ निष्काशन गर्ने अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो ।

लघुवित्तले प्रति कित्ता १२५ रुपैयाँका दरले १६ करोड २२ लाख ८२ हजार ४३६ रुपैयाँ २५ पैसा बरबरको १२ लाख ९८ हजार २५९ कित्ता एफपिओ निष्काशन गर्नेछ ।

लघुवित्तको एफपीओ शेयर निष्काशक तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ ।

हाल लघुवित्तको चुक्तापूँजी ३९ करोड २८ लाख रहेको छ भने एफपिओ जारी पश्चात चुक्तापूँजी ५२ करोड २६ लाख हुनेछ ।

प्रकाशित मिति : १० श्रावण २०७८, आईतवार १४:१४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।