शेयर बजार परिसूचक नेप्सेले नयाँ नयाँ रेकर्ड बनाउँने क्रममा आइतबार अर्धशतकिय वृद्धिसँगै शेयर बजार परिसूचक नेप्से अल टाईम हाईमा बन्द भएको छ ।
आइतबार शेयर बजार परिसूचक नेप्से ५४ दशमलव ३१ अंकले बढेर ३०५८ दशमलव ६४ अंकको अल टाईम हाई विन्दुमा बन्द भएको छ । शेयर बजारको वृद्धिसँगै शेयर बजारका अन्य परिसूचकहरु २ प्रतिशत भन्दा धेरैले बढेका छन् ।
क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक २ दशमलव ०९ प्रतिशतले बढेर ५७४ दशमलव ०२ अंकको विन्दुमा बन्द भएको छ ।
आइतबार दुई सय २३ कम्पनीको एक लाख ३९ हजार ३४० पटकको व्यापारमा चार करोड ३९ लाख ३९ हजार २१२ कित्ता शेयरको खरिदविक्री हुँदा १४ अर्ब २३ करोड २४ लाख १७ हजार ४७२ रुपैयाँ १ पैसा बराबरको कारोबार भएको छ ।
आज नेपाल बैंक लिमिटेडको सर्वाधिक ४९ करोड ७६ लाख ६५ हजार १८२ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार संख्याका आधारमा भने ग्लोबल आइएमइ बैंकको सर्वाधिक ५ हजार ७९ पटकको व्यापारमा ४९ करोड ४४ लाख ३९ हजार ३ रुपैयाँ १० पैसा बराबरको कारोबार भएको छ ।
दोहोरो अंकले बढेको बजारमा ९ कम्पनीको शेयर मूल्य सर्किट लेभलमा बढेको छ । लक्ष्मी इक्विटि फन्डका लगानीकर्ताहरुले सर्वाधिक ३ दशमलव ९५ प्रतिशतले गुमाएका छन् ।
५० अंक भन्दा धेरैले बढेको शेयर बजारमा २ वटा समूहको परिसूचक घट्दा बाँकी सबै समूहको परिसूचक बढेको छ । होट्ल्स तथा पर्यटन र म्यूचुयल फन्डका लगानीकर्ताहरुले गुमाउँदा बाँकी सबै समूहका लगानीकर्ताहरुले कमाएका छन् ।
१ दशमलव ८१ प्रतिशतले बढेको बजारमा एक सय ३६ कम्पनीको शेयर मूल्य बढ्दा ४० कम्पनीको शेयर मूल्य घटेको छ । बाँकी ७ कम्पनीको शेयर मूल्य भने स्थीर रहेको छ ।





















प्रतिक्रिया