Logo

खेलकुद

सिरी ए फुटबलमा रोमाको जित



काठमाडौं । इटालीयन सिरी ए फुटबलमा रोमाले सेलेर्निटानालाई १-० ले पराजित गरेको छ  

आइतबार राति भएको खेलमा रोमालाई जित दिलाउन बिर्यान कृस्टानले ३३औं मिनेटमा निर्णायक गोल गरे । बाकी समय दुबै टोलीले गोलका अवसर सृजना गरेपनी सदुपयोग गर्न सकेनन् । खेलमा यसै सिजन युभेन्टसबाट रोमा अनुबन्ध भएका पाउलो डिबलाले डेब्यु गरेपनी गोलबिहिन रहे । 

जित संगै जोसे माउरिन्होको रोमाले पहिलो खेलबाट महत्वपूर्ण तीन अंक जोडेको छ । 

यस्तै, अन्य खेलमा स्पेजियाले इम्पोलीलाई १-० अन्तरले पराजित गर्यो । यता, लाजियोले बोलोग्नालाई २-१ र फिओरेन्टिनाले क्रेमोनेसलाई ३-२ अन्तरले हरायो।

प्रकाशित मिति : श्रावण ३०, २०७९ सोमबार  ८ : ४२ बजे

81
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।