Logo

मनोरञ्जन

इन्गेजमेन्ट तोडिएकोबारे मेलिनाकाे स्पष्टीकरण– मेरो निर्णय पितृसत्तात्मक सोचको विरुद्धमा



काठमाडौं । गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँग इन्गेजमेन्ट तोड्ने आफ्नो निर्णयबारे प्रष्टीकरण दिएकी छन् । साउन २० गते फेसबुक स्टाटसमार्फत उनले इन्गेजमेन्ट तोड्ने निर्णय गरेको बताएकी थिइन् । पुनः सोमवार फेसबुक स्टाटसमार्फत उनले पितृसत्तात्मक सोचको विरुद्धमा आफूले इन्गेजमेन्ट तोड्ने निर्णय लिएको उल्लेख गरेकी छन् ।

‘मेरो पहिलो निर्णय– समाजमा विद्यमान जातीय विभेदको विरुद्धमा थियो । मेरो दोस्रो निर्णय– पित्तृसत्तात्मक सोचको विरुद्धमा हो’, उनी लेख्छिन्, ‘मेरो विचारमा मान्छे–मान्छेबीचमा हुने सबैखाले अन्यायको अन्त्य हुनुपर्छ । समानता र न्यायपूर्ण समाजको स्थापना हुनु एकदम जरुरी छ ।’

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार १९:३४   :  बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।