Logo

स्वास्थ्य

गगन थापाकी श्रीमती र छोरीलाई समेत कोरोना संक्रमण पुष्टि



काठमाडौं । कोरोना संक्रमित नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाको परिवारका सदस्यमा कोरोना भाइरस एकपछि अर्को गर्दै देखिन थालेको छ ।

सुरुमा गगनमा मात्रै संक्रमणको पुष्टि भएता पनि उनका बुबा आमा र काकामा संक्रमण देखिएसँगै अहिले आएर थापाकी एक छोरी र श्रीमतीलाई पनि संक्रमण पुष्टि भएको छ।

थापाकी पत्नि र एक छोरीलाई आज संक्रमणको पुष्टि भएको भएता पनि अर्की छोरीमा भने कोरोना देखिएको छैन । उनीहरु होम आइसोलेसनमा नै बसेर आराम गरिरहेका छन् ।

प्रकाशित मिति : आश्विन २५, २०७७ आईतबार  ४ : ५६ बजे