Logo

स्वास्थ्य

शिक्षा मन्त्री पोखरेललाई कोरोना पोजेटिभ



शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना भारस संक्रमण भएको छ। पाटन अस्पतालमा गरिएको स्वाब परीक्षणको रिपोर्ट आइतबार पोजेटिभ आएको हो। मन्त्री पोखरेलले ज्वरो आएपछि स्बाव परीक्षणका लागि दिएका थिए।

मन्त्री पोखरेलका प्रेस सहयोगी सुनिल खड्काका अनुसार मन्त्री पोखरेल अहिले पनि पाटन अस्पतालमै छन्। ‘ज्वरो आएपछि हिजो उहाँ पाटन अस्पताल जानुभएको हो। स्वाब परीक्षण गर्दा आज रिपोर्ट पोजेटिभ देखियो,’ खड्काले बताएका छन्  । 

प्रकाशित मिति : २५ आश्विन २०७७, आईतवार १७:०३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।