Logo

प्रमुख समाचार

प्यूठानमा वामदेव गौतम र सुर्य थापाको भिडन्त हुने पक्कापक्की



बिगत केहि समय देखी राजनीतिमा खासै चर्चाको केन्द्रमा नरहेका वामदेव गौतम फेरि एकाएक चर्काको केन्द्रमा आएका छन् । मंसिर ४ गते हुने प्रतिनिधीसभाको निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिन्हबाट उमेदवारी दिने भएपछि गौतम फेरि मिडियाको हेडलाइन बनेका छन् ।

केहि दिन अघि मात्रै तत्कालिन नेपाल कम्युनिष्ट पार्टी नेकपा विभाजनमा प्रचण्डको मुख्य हात रहेको भन्दै सार्वजनिक रुपमै आरोप लगाएका गौतमले अहिले भने माओवादी केन्द्रकै चुनाव चिन्हबाट निर्वाचनमा प्रतिष्पर्धा गर्ने भएका छन् ।

गौतम मात्रै होइन पुराना सहकर्मी बावुराम भट्टराईलाई पनि माओवादी केन्द्रको चुनाव चिन्ह दिएर निर्वाचनमा पठाउँन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) तयार भएका छन् । अब गौतमले कुन क्षेत्रबाट चुनावी प्रतिष्पर्धा गर्छन् त भन्ने चासो र चर्चा पनि सुरु भएको छ ।

अघिल्लो निर्वाचनमा बर्दियाबाट चुनाव लडेर हारेका गौतमले यस पटक बर्दियाबाट चुनाव लड्न टिकट पाउँनु पर्ने दाबी गरेका छन् । बर्दियाबाट कुनै पनि हालतमा चुनाव नलड्ने र आफ्ना लागि प्युठान नै चाहिने दाबी उनले गरेका छन् ।

२०७४ को प्रतिनिधीसभाको निर्वाचनमा बर्दियाबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य सञ्जयकुमार गौतमसँग चुनाव हारेका गौतम यसपटक प्यूठानबाट चुनाव लड्ने मनसायमा रहेका छन् । गौतमले प्यूठानबाट निकट पाएमा उनको प्रतिष्पर्धा नेकपा एमालेका नेता सुर्य थापासँग हुने सम्भावना देखिएको छ ।

गत वैशाखमा भएको स्थानीय चुनावमा सत्ता गठबन्धनहरुले प्राप्त गरेको मत संख्या नेकपा एमालेले प्राप्तको गरेको भन्दा धेरै हुने भएपछि सुरक्षित स्थानको खोजी गर्दै गौतम प्यूठानबाट उठ्ने निर्णय गरेको स्रोतले बतायो । गौतम यसपटक माओवादीकै चुनाव चिह्र लिएर प्यूठानबाट सत्तागठबन्धनको सहयोगमा चुनाव लड्न लागेका हुन् ।

गौममका स्वकिय सचिव दिपक टमाटाले गौतमले यसपटक बर्दिया छाडेर प्यूठानबाट चुनाव लडने जानकारी दिए । ‘उहाँ यसपटक प्यूठानबाट चुनाव लडनुहुन्छ’, उनले भने । अघिल्लो २०७४ को चुनावमा बामदेव बर्दियाको क्षेत्र नम्बर १ बाट चुनाव लडेका थिए । उनलाई कांग्रेसका सञ्जयकुमार गौतमले हराएका थिए । २०७० को चुनावमा बर्दिया र प्यूठान दुवै क्षेत्रबाट चुनाव जितेका थिए ।

पछिल्लो निर्वाचनमा दुई स्थानबाट चुनाव लड्ने नपाइने व्यवस्था गरिएपछि उनी बर्दियाबाट मात्र उठेका थिए । बर्दियाबाट चुनाव हार्नुको प्रमुख कारण ‘अन्तरघात’ रहेको गौतमको निष्कर्ष छ । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी नेकपा विभाजित भएपछि कतै नलागेर गौतमले आंफैले केही समयअघि मात्र नेकपा एकता राष्ट्रिय अभियान गठन गरेका छन् ।

एमालेभित्रको अन्तरघातले तर्सिएका गौतम प्यूठानमा गएर नेकपा एमालेका पोलिटव्यूरो सदस्य सूर्य थापासँग भिड्ने संभावना बढेको छ । एक मात्र निर्वाचन क्षेत्र रहेको प्यूठानमा थापा लड्ने बुझिएको छ । गौतम र थापाबीच राम्रै प्रतिस्पर्धा हुने जानकारहरु बताउँछन् ।

नेकपा एमालेले प्यूठानबाट जिल्ला इन्चार्ज समेत रहेका पोलिटव्यूरो सदस्य सुर्य थापालाई प्रतिष्पर्धामा उत्रार्ने करिब पक्का जस्तै छ । गठबन्धनबाट टिकट पाएको अवस्थामा गौतम र थापा विच प्रतिष्पर्धा हुने पक्का जस्तै भएको छ ।

यता गौतमले माओवादी केन्द्रको चुनाप चिन्हबाट गठबन्धनको तर्फबाट प्युठानमा दाबी गरेपछि गठबन्धनमै रहेको दल राष्ट्रिय जनमोर्चा झस्किएको छ । राष्ट्रिय जनमोर्चाले गठबन्धनबाट आफूले टिकट पाउँनु पर्ने दाबी गरिरहेको छ । अन्तत: प्यूठानमा वामदेव गौतम र सुर्य थापाकोबीच भिडन्त हुने पक्कापक्की भएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार १५:४९   :  बजे

333
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।