सोमबार शेयर बजार परिसूचक नेप्सेमा सामान्य करेक्शन देखिएको छ । शेयर बजार परिसूचक नप्से ८ दशमलव २४ अंक घटेर ३०५० दशमलव ४३ अंकको विन्दुमा बन्द भएको छ ।
नेप्से घट्दा शेयर बजारका सम्पूर्ण परिसूचकहरु राताम्मे देखिएका छन् । क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक २ दशमलव ९३ अंकले झरेर ५७१ दशमलव ११ अंकको विन्दुमा बन्द भएको छ ।
सोमबार २ सय २३ कम्पनीको एक लाख ३७ हजार २४२ पटकको व्यापारमा तनि करोड ७० लाख ६१ हजार ४४७ कित्ता शेयरको खरिदविक्री हुँदा १४ अर्ब १३ करोड ९७ लाख ८५ हजार ४३१ रुपैयाँ १६ पैसा बराबरको कारोबार भएको छ ।
सोमबार नगडी गु्रप पावर लिमिटेडको सर्वाधिक ३९ करोड ३० लाख ३७ हजार ८३२ रुपैयाँ २० पैसा बराबरको कारोबार भएको छ । दोस्रोमा हिमालयन डिष्ट्रिलयरीको ३३ करोड ५६ लाख ५२ हजार ९०९ रुपैयाँ २० पैसा बराबरको कारोबार भएको छ ।
सोमबार करेक्शन देखिएको बजारमा ७ कम्पनीको शेयर सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै ऋणपत्रका लगानीकर्ताहरुले आज सर्वाधिक गुमाएका छन् ।
सोमबारको समूहगत परिसूचकहरु मिश्रित देखिएका छन् । ६ समूहको परिसूचक घट्दा ७ समूहको परिसूचक बढेको छ । जलविद्युत र विकास बैंक समूहमा लगानीकर्ताहरुको आकषर्ण देखिएको छ ।
० दशमलव २७ प्रतिशतले घटेको बजारमा एक सय १० कम्पनीको शेयर मूल्य बढ्दा ६६ कम्पनीको शेयर मूल्य घटेको छ । बाँकी ७ कम्पनीको शेयर मूल्य भने स्थीर रहेको छ ।





















प्रतिक्रिया