Logo

राजनीति

झापाबाटै प्रतिनिधि सभा चुनाव लड्ने कांग्रेस महामन्त्री शर्माकाे घाेषणा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा गृह जिल्ला झापाबाटै निर्वाचन लड्ने भएका छन् । काठमाडौं ५ मा पनि उनको चर्चा भएपछि शर्माले सामाजिक संजाल ट्विटरमार्फत आफू झापाबाटै उम्मेदवार हुने बताएका हुन् ।

‘काठमाडौ ५ मा चुनाव प्रचारमा पुग्नेछु नै । तर उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मानसाथ साथमा लिएर, झापामै उम्मेदवार बन्नेछु’, उनले लेखेका छन्, ‘प्रेम उता घरजम यता कुरै हुन्न ।’

अघिल्लो निर्वाचनमा उनी झापा क्षेत्र नम्बर १ बाट प्रतिस्पर्धा गरेका थिए । तर नेकपा एमालेसँग गठबन्धन गरेर चुनाव लडेका माओवादी केन्द्रका राम कार्कीले उनलाई पराजित गरेका थिए ।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार ११:०१   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।