रोल्पा । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले अहिलेको सत्तारुढ गठबन्धनलाई एजेण्डाविहीनहरुको गठजोड भएको आरोप लगाएका छन् । दलाल पुँजीवादको वकालत गर्ने नेपाली कांग्रेससँग समाजवादी भन्ने माओवादीहरुको एजेण्डा कसरी मिल्यो (?) भन्दै उनले प्रश्न गरे ।
बुधवार रोल्पामा आयोजित पत्रकार सम्मेलनमा उनले आफूहरुबाहेक कुनै पनि दलले आफ्नो एजेण्डा लिएर चुनावमा जान नसकेको टिप्पणी गरे । अहिले तत्कालका लागि एमालेलाई केही अप्ठेरोमा परेको जस्तो देखिए पनि यसले कालान्तरमा फाइदा पुग्ने रायमाझीको दाबी छ ।
आफूहरु नेकपाको निरन्तरको रुपमा रहेको बताउदै केही व्यक्तिहरु पार्टी छोडेर बाहिरिएको बताए । पार्टी छाडेर गएकाहरु पनि मूल पार्टीमा फर्किने तयारीमा रहेको सचिव रायमाझीले बताए ।




















प्रतिक्रिया