काठमाडौं । नेकपा माओवादी केन्द्रले बिहीवार पार्टी पदाधिकारीको टुंगो लगाउने दाबी गरेको छ । बुधवार केन्द्रीय कार्यालय पेसिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीवार पदाधिकारीहरुको प्रस्ताव ल्याउने बताएका हुन् ।
‘सबैसँग सल्लाह गरेर भोलि पदाधिकारी प्रस्ताव ल्याउँछु’, प्रचण्डको भनाइ उदृत गर्दै एक नेताले भने । आजको बैठकमा खासरी सांगठनिक विषयमा छलफल भएको माओवादी प्रवक्ता कृष्णबहादुर महराले बताए । उनका अनुसार बिहीवार बिहान ८ बजे बैठक पुनः बस्नेछ । बैठकले केन्द्रीय समिति, स्थायी समिति, पोलिटब्यूरो र पदाधिकारीको टुंगो लगाउने छ ।
‘केन्द्रीय समिति, पोलिटब्युरो र स्थायी समितिमा थप्नुपर्ने साथीहरुका विषयमा छलफल भयो । पदाधिकारी पनि टुंग्याउनुपर्ने विषयमा विस्तृत छलफल भयो । करिबकरिब हामी टुंगोमा पुगेका छौँ । भोलि बिहान ८ बजे अन्तिम टुंगो लाग्छ’, उनले भने ।




















प्रतिक्रिया