Logo

राजनीति

कर्मचारी समायोजनसम्बन्धी मुद्दा : आएन सर्वाेच्चकाे फैसला, निसु आइतबारलाई सर्‍यो



काठमाडौं । कर्मचारी समायोजनसम्बन्धी मुद्दाको फैसला सुनाउने दिन आइतबारलाई सरेको छ । यसअघि उक्त मुद्दामा बुधवार फैसला सुनाउने गरी निसु (निर्णय सुनाउने दिन) तोकिएको थियो ।

सर्वोच्चका प्रवक्ता विमल पौडेलका अनुसार बुधवार सुनुवाइका लागि समय नपुगेपछि आइतबारका लागि सरेको हो । करिब ९९ थान रिटमा गत साउन १७ गते नै सुनुवाइ सकेर फैसलाका लागि वुधवारको मिति तोकिएको थियो ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीसहित पाँच न्यायाधीशको इजलासमा यो मुद्दामा फैसला नहुँदा संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजनको कामले पूर्णता पाउने सकेको छैन । सरकारले समायोजनाका लागि पठाएपछि कर्मचारीहरुले अदालतको मुद्दा देखाउँदै आएका छन् ।

त्यस्तै, लोक सेवा आयोगले पनि नयाँ विज्ञापन रोकिँदै आएको बताएको छ । सर्वोच्चले सुनाउने फैसलाका आधारमा नयाँ विज्ञापन गर्नुपर्ने भएकाले लोक सेवा आयोग पनि यो फैसला कुरेर बसेको छ।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार १८:३१   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।