काठमाडौं । नेकपा एकीकृत समाजवादीले मंसिरमा हुने निर्वाचनका लागि पार्टीबाट प्रदेश तथा प्रतिनिधि सभा सदस्य उम्मेदवार हुन सात मापदण्ड तय गरेको छ । बुधवार बसेको सो पार्टीको केन्द्रीय सचिवालय बैठकले सातवटा मापदण्डभित्र पर्नेमात्रै पार्टीको उम्मेदवार बन्न सक्ने निर्णय गरेको छ ।
पार्टी महासचिव डा. बेदुराम भुसालका अनुसार समावेशी समानुपातिकका सिद्धान्तलाई आत्मसात गर्दै सातवटा मापदण्डभित्र रहेर जिल्ला र प्रदेश निर्वाचन कमिटीलाई उम्मेदवार पठाउन बैठकले सर्कुलर पनि जारी गरेको छ । भदौ २० भित्र जिल्ला र प्रदेशबाट आएका नाममा केन्द्रले छलफल गरेर टुंग्याउने उनले बताए ।
एकीकृत समाजवादीबाट प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार बन्न पार्टीको कार्यदिशा, नीति र कार्यक्रमप्रति प्रतिबद्ध भएको, पार्टी निर्माणमा योगदान गरेको र विद्रोहमा सक्रिय भूमिका खेलेको, पार्टी र क्रान्तिप्रतिको निष्ठा र अनुशासनमा दृढ रहेको हुनुपर्ने छ । यसैगरी आर्थिक र नैतिक आचरण राम्रो भएको, जनतामा स्थापित र लोकप्रिय रहेको, स्वच्छ छवि र सुशासनको पक्षपाती तथा कार्यक्षमता र सक्रियता राम्रो भएको लगायतका मापदण्ड तोकिएको छ ।




















प्रतिक्रिया