Logo

प्रमुख समाचार

दुईवटै सदनबाट पारित भएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगर्नु दुःखद- डा. संग्रौला



काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले दुई वटै सदनबाट पारित भएर पठाइएको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरी फिर्ता पठाउनु दुःखद भएको बताएकी छन् । उनले राष्ट्रपतिले विधेयक फिर्ता पठाउँदा कुन दफा परिवर्तन गर्नुपर्ने भन्ने कुरा उल्लेख नगरेको भन्दै प्रश्न गरिन् ।

बिहीवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले केपी ओलीले संसद् विघटन गरेर नागरिकतासम्बन्धी अध्यादेश ल्याउँदा तत्कालै प्रमाणीकरण गरेको तर संसद्को बहुमतले पारित विधेयकलाई फिर्ता पठाएको भन्दै राष्ट्रपतिको कार्यशैलीप्रति प्रश्न उठाइन् ।

‘दुवै सदनबाट पारित गरिएको विधेयक फिर्ता पठाइनु हुँदैनथ्यो । सार्वभौम संसद्ले पारित गरेको विधेयक प्रमाणीकरण गरेर कानुनको रुप दिनु राष्ट्रपतिको संवैधानिक कर्तव्य हैन र ? किन फिर्ता पठाउनु भयो ?’, उनले प्रश्न गरिन् ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार १४:२३   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।