Logo

खेलकुद

छैटाैँ एभरेष्ट इन्टर स्कुल बाँस्केटवल प्रतियोगिता सुरू



भक्तपुर । भक्तपुर इङ्लिस स्कुल भक्तपुरको आयोजनामा छैटाैँ एभरेष्ट इन्टर स्कुल बाँस्केटवल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन आयोजक स्कुलका प्रिन्सिपल भक्त राजभण्डारीले  गरे ।

उनले फ्रेण्डसिप फष्ट र कम्पिटिसन सेकेण्ड भन्ने भावनाका साथ प्रत्येक वर्ष प्रतियोगिता गर्दै आएको बताए । उनले स्कुलहररुबीच राम्रो सम्बन्धका लागि पनि प्रतियोगिता आयाेजना गरेकाे जनाए । 

प्रतियोगिता तीन वटा क्याटगोरीमा हुनेछ । सिनियर ब्वाइज, जुनियर ब्वाइज र गल्स गरी तीन वटा क्याटागोरीमा हुनेछ । प्रतियोगितामा काठमाडौं उपत्यकाका २१ वटा स्कुलबाट प्रतिश्पर्धी सहभागी भएका छन् । प्रतियोगिताको फाइनल खेल ८ भदौमा हुनेछ । 
 

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार १७:१४   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।