Logo

राजनीति

मत विभाजन प्रक्रियामार्फत नागरिकता विधेयक हुबहु पारित, पक्षमा १३५ मत



काठमाडौं । राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक प्रतिनिधि सभाबाट बहुमतले हुबहु पारित भएको छ । मत विभाजन प्रक्रियामार्फत आज (बिहीवार) विधेयक पारित भएको हो ।

मत विभाजनमा नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता पठाएकै रुपमा पारित गरियोस् भन्ने प्रस्तावको पक्षमा १३५ मत परेको छ । त्यस्तै उक्त प्रस्तावको विपक्षमा ६० मत परेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले जानकारी गराए ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार १८:५५   :  बजे

102
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।