Logo

क्रिकेटर सन्दीप लामिछानेले त्रिवि क्रिकेट मैदानमा कार्यरत कर्मचारीलाई १ लाख सहयोग प्रधान



 क्रिकेटर सन्दीप लामिछानेले त्रिवि क्रिकेट मैदानमा कार्यरत कर्मचारीलाई १ लाख रुपैयाँ सहयोग गरेका छन्। पूर्व बाचाअनुसार उनले आफ्नो प्रतिनिधि मार्फत उनले आज रकम हस्तान्तरण गरेका हुन् ।

सन्दीपले क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न जानुअघि त्रिवि मैदानमा कार्यरत कर्मचारीलाई एक लाख रुपैयाँ सहयोग गर्ने बचा गरेका थिए । अहिले उनी इण्डियन प्रिमियर लिग खेल्न भारतमा पुगेका छन् । क्यारेवियन लिग चल्दै गर्दा उनी भारत आएका हुन् । उनको प्रतिनिधिले त्रिवी मैदानका इन्चार्ज मधु तामाङलाई भेटेर एक लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  १० : ०६ बजे