Logo

प्रमुख समाचार

जसपा राजनीतिक समिति बैठक : गठबन्धनभन्दा लोसपासँग मिल्नुपर्नेमा जोड



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को तीन दिनदेखि जारी राजनीतिक समितिको बैठकमा पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेका विभिन्न प्रस्तावमाथि छलफल भइरहेको छ । अध्यक्ष यादवले विभिन्न विभागको गठन, प्रदेश तथा राष्ट्रिय समितिको इन्चार्ज, सहइन्चार्ज, आसन्न निर्वाचनका लागि उम्मेदवार चयनको मापदण्डलगायतका प्रस्ताव गरेका छन् ।

सो प्रस्तावमाथि धारणा राख्ने क्रममा पाँच दलीय गठबन्धन वा जसपा–लोसपा गठबन्धन गरेर जाने भन्ने बारेमा पनि नेताहरुले धारणा राखिरहेका छन् । स्थानीय तहको चुनावमा पाँच दलीय गठबन्धनबाट जसपाभन्दा कांग्रेसले बढी फाइदा लिएको र संघ तथा प्रदेशको चुनावमा पनि त्यस्तै हुने आशंका व्यक्त भइरहेको राजनीतिक समितिका सदस्य अमरेशनारायण झाले बताए ।

खासगरी तराई मधेसमा पाँच दलीय गठबन्धनसँग भन्दा लोसपासँग गठबन्धन गर्दा जसपालाई बढी फाइदा हुने तर्क पनि बैठकमा नेताहरुले गरिरहेका छन् । कतिपय नेताले लोसपा–जसपाबीच गठबन्धन हुनुपर्नेमा जोड दिँदै शीर्ष नेतृत्वलाई दबाब दिइरहेका छन् ।

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार १५:३१   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।