काठमाडौं । शान्ति प्रियको मौलिक तीज गीत ‘छुनुमुनु गर्दै’ सार्वजजिक भएको छ । नेपाली मौलिक पर्व तीजकोअवसर पारेर सीसी नेपाल च्यानलबाट गीत सार्वजनिक भएकोहो । तीजका अवसरमा धेरै गीतहरु सार्वजनिक गर्ने गरिए पनि आफूले तीजको छेकोमा मात्रै गीत ल्याउने गरेको शान्ति प्रियले बताए । यस तीज गीतको शब्द शान्ति प्रियले नै लेखेका हुन् । गीतमा संगीत संयोजन राकेश सोनीले गरेका छन् । बिन्दु बिसीकोआवाजमा तीज गीत आएको हो ।
प्रिज्म रेकर्डिङमा कमल थापा र गोबिन्द अनेकले रेकर्डिङ गरेको गीतलाई श्यामश्वेत रसाईलीले ध्वनीमुद्रण गरेका हुन् । सार्वजनिक भएको गीतलाई चल्तीका कोरियोग्राफर एवं निर्देशक हेरुका लामाले निर्देशन गरेका हुन्। गीतमाअप्सरा पुरी, बर्षा तामाङ एवं झरना परियार फिचरिङ छन् । स्टिल फोटोग्राफी राममणी ढकालले गरेका छन् भने छायांकन, सम्पादन एवं रंगसंयोजन बज्र ङ्यासुरले गरेका छन् ।
एञ्जेल तामाङको नृत्य समूहले गीतमा नृत्य गरेको छ भने बब्लु गुरुङ निर्माण नियन्त्रक हुन् । शर्मीला सुनुवारले श्रृङ्गारको काम गरेकी छिन् ।
भिडियाे हेर्नुहाेस्





















प्रतिक्रिया