Logo

राजनीति

सिट बाँडफाँटका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बालुवाटारमा



काठमाडौं । सत्ता गठबन्धनको बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बसिरहेको हो । 

अपराह्न ५ बजेका लागि बोलाइएको बैठक करिब एक घण्टापछि सुरु भएको हो । बैठकमा मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सिट बाँडफाँटका विषयमा छलफल भइरहेको छ । 

सिट बाँडफाँटको मोडालिटी तय गर्नका लागि गठन भएको कार्यदलको बैठकले ठोस निर्णय गरेको छैन । कार्यदलका संयोजक नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कार्यदलको सुझाबारे शीर्ष नेताहरूलाई बिफ्रिङ गरेका छन् । गठबन्धनको बैठकमा त्यसबारे छलफल भएपछि कार्यदलले प्रतिबेदन तयार गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार १८:३६   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।