Logo

प्रमुख समाचार

जहाँबाट चुनाव हारें, त्यहीँबाट जितेर मात्र मर्न चाहन्छु : रामचन्द्र पौडेल



पोखरा । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले यस पटकको संसदीय निर्वाचनमा पनि तनहुँ क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने बताएका छन् । यसअघि तनहुँ १ बाटै उनी पराजित भएका थिए । तनहुँमा पत्रकारहरुसँग कुरा गर्दै नेता पौडेलले यसअघि चुनाव हारेको क्षेत्रबाट चुनाव जितेरमात्र आफू मर्न चाहेको बताए ।

‘मैले साथीहरुलाई भनेको छु, मैले जहाँबाट चुनाव हारें, त्यहीँबाट जितेरमात्र मर्न चाहन्छु,’ नेता पौडेलले भने । आफू चुनाव लड्ने भएपछि अरु पार्टीका नेताहरुको दाबी नलाग्ने पौडेलको भनाइ छ । २०७४ सालको चुनावमा तत्कालीन वाम गठबन्धनका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान)सँग पौडेल पराजित भएका थिए ।

नेकपा एमालेबाट अलग भएर माधवकुमार नेपाल नेतृत्वमा एकीकृत समाजवादी पार्टी गठन भएपछि श्रम मन्त्रीसमेत बनेका श्रेष्ठ यो चुनावमा पनि उठ्न चाहान्छन् । उनकै लागि माधवकुमार नेपालले तनहुँ क्षेत्र नम्बर १ मागेको चर्चासमेत थियो । तर, पौडेलले गठबन्धनको सूत्रधार नै आफू भएको र आफू उम्मेदवार हुन्छु भन्दा अरुको दाबी नपुग्ने बताएका छन् ।

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार १९:१९   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।