Logo

खेलकुद

लेस्टर सिटी साउथह्याम्पटनसँग पराजित



एजेन्सी । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटी पराजित भएको छ । गएराति भएको खेलमा लेस्टरलाई साउथह्याम्पटनले २–१ गोलले हराएको हो ।

साउथह्याम्पटनका चे एडम्सले दुई गोल गरे । लेस्टरका जेम्स म्याडिसनले एक गोल फर्काए ।

त्यस्तै अर्को खेलमा क्रिस्टल प्यालेसले एस्टन भिल्लालाई ३–१ गोलले हराएको छ । अर्को खेलमा फुलह्यामले ब्रेन्टफोर्डलाई ३–२ गोलले पराजित गरेको छ ।

एभर्टन र नटिङ्घम फरेस्टले १–१ गोलको बराबरी खेल्दै अङ्क बाडेका छन् । हिजो भएको पहिलो खेलमा  टोटनह्यामले उल्भ्सलाई १–०  गोलले हरायो । उसका लागि खेलको ६४औँ मिनेटमा ह्यारी केनले गोल गरे । ३ खेलमा ७ अङ्क जोडेको टोटनह्याम दोस्रो स्थानमा छ ।

उल्भ्स एक अङ्कसहित १७औँ स्थानमा छ । अङ्क तालिकामा म्यानचेस्टर सिटी तेस्रो स्थानमा छ । उसले २ खेलमा ६ अङ्क जोडेको छ । म्यानचेस्टर सिटीले आज न्युकासलसँग खेल्दैछ । यस्तै, आज चेल्सी र लिड्स युनाइटेडबीच पनि खेल हुनेछ ।

दुई खेलमा अङ्क जोड्न नसकेको म्यानचेस्टर युनाइटेड अङ्कतालिकाको पुछारमा छ ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आईतवार ०७:०७   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।