एजेन्सी । इटालियन सिरी ‘ए’ मा इन्टर मिलानले लगातार दोस्रो जित हात पारेको छ । उसले गएरातिको खेलमा स्पेजियालाई ३–० ले हराउँदै लगातार दोस्रो जित हात पारेको हो ।
घरेलु मैदाज सान सिरोमा इन्टर सहज जित दिलाउन लाउटारो मार्टिनेज, हाकान काल्हनोग्लु र जोक्विन कोरियाले एक/एक गोल गरे ।
खेलको ३५ औं मिनेटमा मार्टिनेजले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए । ५२ औं मिनेटमन काल्हनोग्लुले घरेलु टोलीको अग्रता दोब्बर बनाए ।
इटालियन सिरी ‘ए’ मा इन्टर मिलानले लगातार दोस्रो जित हात पारेको छ । उसले गएरातिको खेलमा स्पेजियालाई ३–० ले हराउँदै लगातार दोस्रो जित हात पारेको हो ।
घरेलु मैदाज सान सिरोमा इन्टर सहज जित दिलाउन लाउटारो मार्टिनेज, हाकान काल्हनोग्लु र जोक्विन कोरियाले एक/एक गोल गरे ।
८२ औं मिनेटमा कोरियाले गोल गरेपछि इन्टरले ३–० को सहज जित निकाल्यो । जितसँगै शीर्ष स्थानमा रहेको इन्टरले दुई खेलमा ६ अंक जोड्दा पराजित स्पेजिया समान खेलबाट एक अंकका साथ ११ औं स्थानमा छ ।
लिगअन्तर्गतकै अन्य खेलमा सासोउलोले लीसलाई १–० ले हराउँदा लाजियोले टोरिनो तथा उडिनेसले सालेर्निटानासँग गोलरहित बराबरी खेले ।




















प्रतिक्रिया