Logo

अर्थ

कर्मचारीको इन्धन र मोबाइल खर्च कटौती गर्ने बुटवल उपमहानगरको निर्णय



बुटवल । बुटवल उपमहानगरपालिकाले कर्मचारीलाई दिँदै आएको इन्धन र मोबाइल खर्च कटौती गरेको छ । आइतबार बसेको नगर कार्यपालिका वैठकले कर्मचारीहरुले लिँदै आएको इन्धन र मोबाइल खर्च कटौती गर्ने निर्णय गरेको नगर प्रमुख खेलराज पाण्डेयले जानकारी दिए ।

उपमहानगरमा करिब ४० जना उच्च तहका कर्मचारीले यो सुविधा लिंदै आएका थिए । नगरको खर्चमा मितव्ययी हुन निर्णय गरिएको मेयर पाण्डेयले बताए । बैठकले २ अर्ब लागतमा बुटवल–१५ कर्साघाटमा निर्माण हुने आधुनिक प्रविधियुक्त कृषि उपज थोक बजार सम्बन्धी आयोजना अघि बढाउने निर्णय गरेको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आईतवार १६:१२   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।