Logo

स्वास्थ्य

भरतपुर अस्पतालमा कोरोना सङ्क्रमित महिलाको मृत्यु



भरतपुर अस्पतालमा कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीया महिला रहेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । उनीको  उपचारका क्रममा आइतबार साँझ  मृत्यु भएको हो ।

यही असोज १५ गते ज्वरो, खोकी र श्वासप्रश्वाशमा समस्या भइ अस्पताल भर्ना भएकी उनीमा आसोज १९ गते कोरोना पुष्टि भएको थियो । स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि १९ गते नै कोभिड सघन उपचार कक्षमा राखी उपचार गरिएको थियो ।

 

प्रकाशित : २६ आश्विन २०७७, सोमबार