काठमाडौं । लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फन्डको नगद लाभांश सुरक्षित गर्ने ६ भदौ अन्तिम दिन हो । दुवै फन्डले नगद लाभांश वितरण गर्न मंगलबार बुक क्लोज गर्दैछन् । यसर्थ, आजसम्म कायम सेयरधनीले मात्र फन्डले वितरण गर्ने नगद लाभांश सुरक्षित गर्नेछन् ।
दुवै फन्डले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट समान ५–५ प्रतिशत नै नगद लाभांश (प्रतिफल) वितरण गर्ने घोषणा गरेका छन् । यी फन्डको योजना व्यवस्थापकमा लक्ष्मी क्यापिटल रहेको छ । दुवैलाई लक्ष्मी बैंकले प्रवद्र्धन गरेको छ ।




















प्रतिक्रिया