Logo

शेयर बजार

आईपीओ जारी गर्न ३ हाइड्रोपावर कम्पनीलाई अनुमति



हाइड्रोपावर कम्पनीहरुले साधारण सेयर (आइपीओ) जारी गर्ने क्रम बढेको छ । पछिल्लो पटक नेपाल धितोपत्र बोर्डले विभिन्न तीन हाइड्रोपावर कम्पनीलाई साधारण सेयर जारी गर्ने अनुमति दिएको छ ।  

बोर्डले न्यादी हाइड्रोपावर लिमिटेड, साहस उर्जा लिमिटेड र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीलाई आईपीओ जारी गर्ने अनुमति दिएको हो। 

न्यादी हाइड्रोपावर कम्पनीले ४० लाख ५० हजार कित्ता आईपीओ निष्कासनको अनुमति पाएको हो । न्यादीको सेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको कम्पनीले जनाएको छ । 

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार १४:४५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।