Logo

खेलकुद

प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको पहिलो जित



एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले पहिलो जित निकालेको छ । उसले गएरातिको खेलमा लिभरपुललाई २–१ ले हराउँदै लिगमा पहिलो जित निकालेको हो ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइटेडलाई जित दिलाउन जाडोन साञ्चो र माकुर्स रासफोर्डले एक/एक गोल गरे । लिभरपुलका लागि मोहम्मद सलाहले एक गोल फर्काए ।

खेलको १६ औं मिनेटमा साञ्चोको गोलमनर्फत युनाइटेडले अग्रता लिएको थियो । ५३ औं मिनेटमा रासफोर्डले घरेलु टोलीको अग्रता दोब्बर बनाए ।

८१ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त नबन्दा युनाइटेडले २–१ को रोमाञ्चक जित निकाल्यो ।

जितसँगै तीन खेलमा तीन अंक जोडेको युनाइटेड १४ औं स्थानमा रहँदा पहिलो पराजय बेहोरेको लिभरपुल समान खेलबाट दुई अंकका साथ १६ औं स्थानमा छ ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलवार ०७:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।