Logo

हालान्डले ह्याट्रिकमा नर्वेले रोमानियामाथि शानदार जित



युवा फरवार्ड एर्लिङ ब्राउट हालान्डले ह्याट्रिकमा नर्वेले रोमानियामाथि शानदार जित निकालेकाे छ । गएराति भएकाे युइएफए नेसन्स लिगको समूह चरणको तेस्रो खेलमा नर्वेले रोमानियामाथि ४-० को फराकिलो जित निकालेकाे हाे ।

घरेलु मैदानमा  भएकाे खेलमा १३औं मिनेटमा हालान्डको गोल गर्दै  नर्वेलाई अग्रता दिलाएका थिए । उनले स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर मार्टिन ओडगार्डको पासमा गाेल गरेका थिए ।

३९औं मिनेटमा एलेक्सान्डर सोरलोथले गोल गर्दै नर्वेलाई पहिलो हाफमा २-० को अग्रता दिलाए । उनले बर्गर मेलिङको पासमा गाेल गरेका थिए ।

पहिलाे हाफमा दुई गाेल गरेकाे नर्वेले दाेस्राे हाफमा पनि दुई गाेल नै थप्याे । खेलकाे ६४औं मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो तथा टोलीको लागि तेस्रो गोल गर्दै नर्वेलाई ३-० काे अग्रता दिलाए । यसपटक पनि हालान्डले ओडेगार्डकै पासमा गाेल गरेका थिए ।

त्यसको १० मिनेटपछि एलेक्सान्डर सोरलोथको पासमा हालान्डले गोल गर्दै राष्ट्रिय टोलीबाट पहिलो ह्याट्रिक पुरा गर्दै नर्वेलाई ४-० को सानदार जित दिलाए ।

जितसँगै नर्वेको लिग ‘बी’ १ मा तीन खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा उक्लन सफल भएको छ । पराजित रोमानिया ४ अंकसहित तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : आश्विन २६, २०७७ सोमबार  ८ : १८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।