Logo

शेयर बजार

सर्वोत्तम सिमेन्टको सेयर कारोबारले उव्जाएका प्रश्नहरु !



सेयर निश्कासन गर्ने घोषणा गरिसकेपछि सर्वोत्तम सिमेन्ट कम्पनीका संस्थापकले सेयर बजारसँग प्रत्यक्ष सम्बन्ध राख्ने संस्थाका व्यक्तिहरुलाई सेयर विक्री गरेको छ । बढो रमाइलो कम्पनीले नेपाल धितोपत्र बोर्डका अध्यक्ष परिवार, नेपाल स्टक एक्सचेन्ज (नेप्से)प्रमुखका परिवार, मर्चेन्ट बैंकका लगानीकर्ता, सेयर ब्रोकर, सेयरको भ्यालुएटर चार्टड एकाउन्टेन्ट र ठुलो सेयर लगानी कम्पनी सँग सम्बन्धित व्यक्तिलाई सेयर विक्री गरेको छ । सेयर निश्कासनको घोषणा गरे सँगै सेयर बजारका नियामक, बजार संचालक, ब्रोकर, मर्चेन्ट बैंक, ठुला लगानीकर्ता र सेयरको भ्यालुएटरलाई सेयर विक्री गर्नुले केहि महत्वपुर्ण प्रश्न उब्जाएको छ ।

१. कम्पनीलाई लागेको छ उ बुक विल्डिङ विधिबाट सेयर ल्याउन कानुनि रुपमा सक्षम छैन जस्का कारण नियामक तथा बजार संचालकलाई प्रभावमा पारि निश्कासनको स्वीकृती लिन चाहन्छ र प्रिमियम मूल्यमा सेयर जारि गर्न चाहन्छ ।

२. उ सेयर बजारमा महत्व राख्ने सवैलाई प्रभाबमा पार्न चाहन्छ जस्का कारण बजारमा प्रतिस्पर्धि भन्दा सेयरको राम्रो मूल्य पाउन सकियोस । 

३. सेयर बजार र सेयर निश्कासन सँग सम्बन्धित सल्लाहकारले कम्पनीलाई गलत सल्लाह दिएको छ जसका कारण सवैको सहयोग विना बुक विल्डिङमा सेयर जारी गर्न र सेयरको राम्रो मूल्य पाउन सम्बभ छैन भनि अनावश्यक विवादित काम गर्न वाध्य बनाएको छ ।

 

उल्लेखित विष्लेशण रविन्द्र भट्टराईको फेसबुक वालबाट

प्रकाशित मिति : श्रावण १७, २०७८ आईतबार  ११ : ५३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।