Logo

प्रमुख समाचार

तराईका केही स्थानमा आज तापक्रम बढ्ने



काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज तराईका जिल्लाहरुमा तापक्रम बढ्ने सम्भावना रहेको बताएको छ । 

महाशाखाले आज एक विज्ञप्ति जारी गर्दै तराईमा आज गर्मी बढ्ने हुँदा आवश्यक सतर्कता अपनाउन समेत अनुरोध गरेको छ । ‘तराईका केही स्थानहरूमा तापक्रम बढ्ने सम्भावना रहेकोले गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ,’ महाशाखाले विज्ञप्तिमा भनेको छ । 

हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा दक्षिण दिशामा र पूर्वतर्फ सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । 

हाल देशभर आंशिक बदली देखि सामान्यतया सफा रही बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

प्रकाशित मिति : भाद्र ९, २०७९ बिहीबार  ६ : ३४ बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।