Logo

अर्थ

सेयर बजार राताम्य, डेढ अर्बको पनि भएन कारोबार



काठमाडौं । सेयर बजारमा आज १६.९३ अंकको गिरावट आएको छ। नेप्से परिसूचक २०२२.६२ को विन्दुमा झरेको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.७७ अंकले घटेर ३९१.७६ को विन्दुमा झरेको छ ।

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १२ गिरावट आएको छ भने जीवन बीमा समूहमात्रै ०.३१ प्रतिशतले बढेको छ। आज व्यापार समूह सर्वाधिक १.८९ प्रतिशतले घटेको छ । वित्त समूह १.८७ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.७१ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.१५ प्रतिशत, विकास बैंक समूहमा १.२९ प्रतिशत, जलविद्युत समूहमा १.६८ प्रतिशत, निर्जीवन बीमा समूहमा १.०८ प्रतिशत, अन्य समूहमा ०.४६ प्रतिशत, लघुवित्त समूहमा ०.८९ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.१ प्रतिशत र लगानी समूहमा १.०४ प्रतिशतको गिरावट आएको छ।

बजार राताम्ये भएसँगै कारोबार रकम पनि १ अर्ब बढीको भएको छ। आज नेप्सेमा सूचीकृतमध्ये २१३ कम्पनीका ३५ लाख ८८ हजार ८३३ कित्ता सेयर १ अर्ब २९ करोड ४८ लाख ३२ हजार ८२० रुपैयाँमा किनबेच भएको छन् ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार १५:०६   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।