Logo

खेलकुद

भारतीय फुटबलको निलम्बन फुकुवा



काठमाडौं । फिफाले अल इन्डिया फुटबल फेडेरेसन (एआइएफएफ) माथिको निलम्बन फुकुवा गरेको छ । भारतलाई निलम्बन गरेको दुई साता नपुग्दै फिफाले फुकुवा गरेको हो ।

निलम्बन फुकुवा भएसँगै भारतले यही भदौमा दशरथ रंगशालामा हुने महिला साफ च्याम्पियनसिपमा सहभागी हुने बाटोसमेत खुलेको छ ।तर, भारतले खेल्ने वा नखेल्ने भन्ने औपचारिक निर्णय भन्ने भएको छन् ।

साफ च्याम्पियनसिप भदौ २१ देखि असोज ३ गते सम्म हुँदैछ । यो प्रतियोगितामा दक्षिण एसियाका सबै ७ राष्ट्रको सहभागिता रहनेछ ।

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार ०७:४८   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।