Logo

खेलकुद

प्रिमियर लिगमा आज सात खेल, शीर्ष स्थानकाे आर्सनल फुलहमसँग भिड्दै



एजेन्सी । प्रिमियर लिग फुटबल अन्तर्गत आज (शनिबार) विभिन्न ७ खेल हुँदैछन् । आज हुने पहिलो खेलमा म्यानचेस्टर युनाइटेडले साउथह्याप्टनसँग प्रतिस्पर्धा गर्दैछ । दुई टोलीबीचको खेल नेपाली समयअनुसार साँझ ५ः १५ मा सुरु हुनेछ । आज नै हुने अर्को खेलमा म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई आतिथ्यता प्रदान गर्नेछ ।

दुई टोलीबीचको खेल ७ः ४५ मा सुरु हुनेछ । यसै समयमा हुने अर्को खेलमा चेल्सीले लेस्टर सिटीसँग खेल्दैछ । यता लिभरपुलले बर्नमाउथसँग प्रतिस्पर्धा गर्नेछ । आज हुने अर्को खेलमा शीर्ष स्थानमा आर्सनलले फुलहमसँग प्रतिस्पर्धा गर्दा एभर्टनले ब्रेन्टफोर्डसँग खेल्नेछ ।​ ब्रेन्टफोर्ड र एभर्टनबीचको खेल ७ः४५ मा सुरु हुँदा फुलहमर आर्सनल बीचको खेल ९ः१५ मा सुरु हुनेछ ।

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार १४:०९   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।