Logo

खेलकुद

स्ट्रलिङको दोहोरो गोलमा १० खेलाडीमा समेटिएको चेल्सीको जित



काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा चेल्सीले लेस्टर सिटीमाथि जित निकालेको छ । स्टामफोर्डब्रिजमा सम्पन्न खेलमा घरेलु टोली चेल्सीले लेस्टर सिटीमाथि २-१ गोलअन्तरको पुनरागमन जित निकालेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको २८ औं मिनेटमा चेल्सीका कोनोर गल्लाघेर रातो कार्ड खाँदै बाहिरिएका थिए । १० खेलाडीमा सीमित चेल्सीलाई खेलको रहिम स्ट्रलिङले ४७ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । त्यस्तै ६३ औं मिनेटमा स्ट्रलिङले नै रीस जेम्सको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए । यता लेस्टरसिटीका हार्वे बार्नेसले ६६ औं मिनेटमा गोल फर्काए पनि खेलमा फर्कन त्यो पर्याप्त हुन सकेन ।

जितसँगै ४ खेलबाट ७ अंक जोडेको चेल्सी अंकतालिकाको छैटौं स्थानमा उक्लिएको छ भने समान खेलबाट १ अंक जोडेको लेस्टरसिटी तालिकाको १९ औं स्थानमा छ ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आईतवार ०६:४७   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।