Logo

शेयर बजार

आजदेखि सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ बिक्री खुल्यो



आजदेखि सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ बिक्री खुलेको छ । प्रतिकित्ता १०० रुपैयाँको दरले ६० लाख कित्ता आईपीओ निष्कासन गरेको बताइएको छ । जसमध्ये कर्मचारीलाई ३ लाख ५ प्रतिशत र म्युचुअल फन्डलाई ५ प्रतिशतले हुने ३ लाख कित्ता शेयर छुट्याएको छ ।

 बाँकी ५४ लाख कित्ताका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।  यसको बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । लगानीकर्ताले साउन २४ गतेसम्म आवेदन दिन सक्ने छन्। उक्त समयमा सबै आईपीओ बिक्री नभएमा भने भदौ २ गतेसम्म खुल्ने छ । 

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार ०९:२७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।