Logo

मनोरञ्जन

बी. पाण्डेको ‘मेरा सय गीतहरु’ भारतीय गीतकार जाबेद अख्तरद्वारा लोकार्पण



काठमाडौं । गीतकार बी. पाण्डेको गीती पुस्तक ‘मेरा सय गीतहरु’ लोकर्पन भएको छ । चर्चित गीतकार पाण्डेको उक्त पुस्तक भारतीय गीतकार जाबेद अख्तरका साथै एक सय जना प्रतिष्ठित व्यक्तिहरुद्वारा एक कार्यक्रमकाबीच लोकार्पण गरिएको हो । भारतीय प्रख्यात कविसमेत रहेका गीतकार जाबेदले उक्त कृति लोकार्पण गर्नुलाई नेपाली सङ्गीत बजारमा महत्वपूर्ण उपलब्धिका रुपमा हेरिएको छ ।

थुप्रै सम्मान तथा पुरस्कारहरु जित्न सफल गीतकार पाण्डेद्वारा लेखिएको गीतहरुको संग्रह ‘मेरा सय गीतहरु’ पुस्तक लाई एबिसी पब्लिकेशनले प्रकाशन गरि बजारमा ल्याएको हो । गीत संगीत, धार्मिक, पर्यटन, राजनीति, कलाकारिता, उच्च सरकारी अधिकारी, प्रहरी, नेपाली सेना, वकिल, खेलाडी, पत्रकार लगायतका व्यक्तित्वद्वारा आफ्नो कृति लोकार्पण गराएका पाण्डेले आफ्नो पुस्तकमार्फत समाजका विभिन्न क्षेत्रसंग गीत संगीत क्षेत्रलाई जोड्न चाहेको बताए ।

कार्यक्रममा गीतकारसमेत रहेका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया, गृह सचिव टेक नारायण पाण्डेका साथमा विभिन्न उच्च सरकारी पदस्त कर्मचारीहरु, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, शिक्षामन्त्री देबेन्द्र पौड्याल, बागमतीका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्ग्देन, कांग्रेस महामन्त्री गगन थापा, एमाले सचिव योगेश भट्टराईसहित विभिन्न राजनीतिज्ञकर्मी, सम्मानित संगीतकार शम्भुजित बास्कोटालगायतको उपस्थिति थियो ।

गीतकार बी. पाण्डे गीत संगीत क्षेत्रमा स्थापित नाम हो । विगत दुई दशकदेखि अनवरत गीत लेखनको यात्रामा सक्रिय पाण्डेले धेरै चर्चित गीतहरु लेखिसकेका छन् । चलचित्र ‘प्रसाद’ को सुपर हिट गीत ‘बनकि चरी के भन्छे’ गीतले गीत लेखनको उचाईलाई धेरै माथी पुर्‍याएको पाण्डेको शंका नगर मेरो मायामा, मन साटिन्छ उमेरैमा, सुनको पैंचो, जाली रुमाल, खाएको कसम फिर्ता, एक पल मुटुमा, पिरतीमा जित हुन्न हार हुन्न, यो देश फेरि बन्छ, तिम्रो खुसी, कुरै बुझिन जस्ता हिट गीत सार्वजनिक भइसकेका छन् ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आईतवार १५:२१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।