काठमाडौं । सौरभ ग्रुप अन्तर्गतको सर्वोत्तम सिमेन्टले निर्माणका क्रममा घाइते भएका एक ठेकेदारलाई दुर्घटना बीमा रकम हस्तान्तरण गरेको छ । कीर्तिपुरको भैँसेबजारको एक निर्माणाधीन भवनको चौथो तलाबाट खसेर घाइते भएका ठाकुर सिंह गुरुङलाई बीमा रकम हस्तान्तरण गरिएको हो ।
आफ्नो साइट रजिष्टर गराएबापत कम्पनीको तर्फबाट ठेकेदार गुरुङले सो बीमा प्राप्त गरेका थिए । भवन निर्माणका क्रममा ठकेदार तथा अन्य निर्माणकर्मीहरुले उठाउने जोखिमलाई मध्यनजर गर्दै सर्वोत्तम सिमेन्टले आफ्नो साइट रजिष्टर गराएका ठेकेदारका लागि ७ लाख रुपैयाँसम्मको दुर्घटना बीमाको व्यवस्था ल्याएको थियो । यस बीमा सुविधाले निर्माणकर्मीहरुलाई निर्माण कार्यका क्रममा घाइते हुँदा लाग्ने उपचार खर्च तथा त्यसपछिको जीविकोपार्जनमा केही सहुलियत पुग्ने विश्वासका साथ कम्पनीले यस्तो व्यवस्था ल्याएको हो ।
कम्पनीका ब्राण्ड म्यानेजर गोपाल सारदाका अनुसार सर्वोत्तम सिमेन्ट अन्याधुनिक युरोपियन भि.आर.एम. प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो सिमेन्ट उद्योग हो । आफ्नो स्थापनाको केही समयमा नै उत्कृष्ट उत्पादन तथा गुणस्तर पस्कँदै धेरैभन्दा धेरै सिमेन्ट उपभोक्ताको विश्वास जित्न सफल भएको छ । साथै देशका महत्वपूर्ण परियोजनाहरु तथा गौरवशाली आयोजनाहरु लगायत विशाल पूल, बाँध, हाइड्रोपावर, धावनमार्गेखि हाउजिङ्ग कम्पनीहरुमा समेत सर्वोत्तम सिमेन्ट पहिलो रोजाइमा पर्दै आएको छ ।




















प्रतिक्रिया