काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत गएरातिको खेलमा घरेलु टोली बार्सिलोनाले फराकिलो जित हात पारेको छ । उसले रियल भालाडोलिडविरुद्ध ४:० को सहज जित हात पारेको हो ।
क्याम्प नोउमा बार्सिलोनालाई जित दिलाउन रोबर्ट लेवान्डोस्कीले दुई, पेड्री र सेर्गी रोबर्टोले एक/एक गोल गरे । खेलको २४ औं मिनेटमा लेवान्डोस्कीको गोलमार्फत बार्सिलोनाले अग्रता लिएको थियो ।
४३ औं मिनेटमा पेड्रीले टोलीको अग्रता दोब्बर बनाए । ६४ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो तथा बार्सिलोनाका लागि तेस्रो गोल गरे ।
थप गरिएको समयमा रोबर्टोले गोल गर्दै घरेलु टोलीलाई ४–० को सहज जित दिलाए । जितसँगै तीन खेलमा सात अंक जोडेको बार्सिलोना तेस्रो स्थानमा रहँदा पराजित भालाडोलिड समान खेलबाट एक अंकका साथ १९ औं स्थानमा छ ।




















प्रतिक्रिया