Logo

शेयर बजार

महंगोमा आईपीओ बेच्ने रिलायवल लाइफको तयारी, पाउला त अनुमति ? 



रिलायवल लाइफ इन्स्योरेन्स कम्पनीले साधारण सेयर (आईपीओ) जारी गर्दा अंकित मूल्य भन्दा महंगोमा बिक्रि गर्ने तयारी थालेको छ । कम्पनीले महँगो मूल्यमा आईपीओ जारी गर्न माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । 

प्रति कित्ता १ सय रुपैयाँका दरले नै बिमा कम्पनीहरुले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने गरेको भएपनि रिलायवल लाइफले एक कदम अगाडी बढेर प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्न अनुमति खोजेको छ । 

कम्पनीको १ सय रुपैयाँ अंकित मूल्यमा १ सय १२ रुपैयाँ प्रिमियम मूल्य जोडेर सर्वसाधारणबाट प्रतिकित्ता २१२ रुपैयाँ लिने गरी आईपीओ निष्काशन गर्न लागेको हो ।

प्रति कित्ता २१२ रुपैयाँ दरले ६० लाख कित्ता अर्थात १ अर्ब २७ करोड २० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न माग गरेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल मार्केट क्यापिटल रहेको छ ।

कम्पनीले प्रिमियम मूल्यमा साधारण सेयर जारी गर्न खोजेपनि धितोपत्र बोर्डले अहिले नै अनुमति दिइसकेको छैन । यदि दिइहालेमा १ सय रुपैयाँमा पाइने आईपीओलाई  सर्वसाधारणले  महंगो मूल्य तिर्नु पर्नेछ ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार १८:३९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।