Logo

खेलकुद

ला लिगामा एटलेटिकाे मड्रिडकाे कठिन जित



काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत गएरातिकाे खेलमा एटलेटिकाे मड्रिडले जित हात पारेकाे छ । उसले घरेलु टाेली भ्यालेन्सियाविरुद्ध १–० को कठिन जित हात पारेकाे हाे ।

मेस्टाला स्टेडियममा खेलको ६६ औं मिनेटमा एन्टोनी ग्रिजम्यानले गरेकाे एक मात्र गाेल एटलेटिकाेलाई जित दिलाउन प्रर्याप्त बन्यो । उनले थाेमस लेमारकाे पासलाई पाेस्टकाे दिशा दिएका हुन् ।

याे जितसँगै तीन खेलमा ६ अंक जाेडेकाे एटलेटिकाे छैटाैं स्थानमा रहँदा पराजित भ्यालेन्सिया समान खेलबाट तीन अंकका साथ १४ औं स्थानमा छ । 

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलवार ०८:०४   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।